धनगढी स्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका एक जनाको अत्येष्टि रोकिएको छ । अस्पतालले मृतकको रिपोर्ट उपलब्ध गराउन नसकेपछि नेपाली सेनाले अन्त्येष्ट गर्न नमान्दा रोकिएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका–८ का ३२ वर्षीय पुरुषको मसिंर २० गते साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको थियो । तर विरामीको रिपोर्ट नहुँदा अन्त्येष्टि रोकिएको थियो ।
अस्पतालका सूचना अधिकारी श्रेष्ठ भन्छन् ‘विरामी पोजिटिभ भएर उपचारको लागि आउँनुभयो । हामीले रिपोर्ट पर्खिने कि, उपचार गर्ने सवाल हो । मानवीय हिसाबले विना रिपोर्ट भर्ना गर्यौ ।’ प्रयोगशालाबाट विरामीको रिपोर्ट ल्याउने कार्य भैरहेको बताउँदै उनले रिपोर्ट आउने लगत्तै अन्त्येष्टि हुने सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।
सुगरका विरामी समेत रहेका उनमा कडा खालको निमोनिया देखिएपछि मंसिर १६ गते अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...