२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

सुदूरपश्चिममा कोरोना जोखिम कायमै : सुस्तायो परीक्षण

कैलाली- सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा घटेको छ । पछिल्लो समय स्वाब सङ्कलनमै कमी आएपछि परीक्षण पनि कम हुन थालेको हो । परीक्षण कम हुँदा सङ्क्रमण पुष्टि हुने सङ्ख्या अघिल्लो समयको तुलनामा धेरै घटेको छ । मान्छेले कोरोना भाइरसलाई हल्का रुपमा लिएर परीक्षण नगराउने परिपाटी डरलाग्दो रुपमा बढिरहेको सरोकारवाला निकायले ठहर गरेका छन् ।

‘कोरोना परीक्षण गराउनु पर्दछ भन्ने अब कसैमा चिन्तन नै छैन’, धनगढी उपमहानगरपालिकाका स्वास्थ्य संयोजक लक्ष्मीराज उपाध्याय भन्छन् । ‘यसले समुदायमा जटिल समस्या निम्त्याइ रहेको छ ।’

कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु कोरोना परीक्षण गराउनै चाहदैनन् । बरु, परीक्षण नगराइ केही दिन घरपरिवारबाट अलग्गै बस्ने गरेका छन् । कुनै स्वास्थ्य समस्या नदेखिएमा उनीहरु पुनः परिवारमै घुलमिल हुने गरेका बताइन्छ । मौसमी रुघाखोकीमात्रै लागेको भए पनि प्रयोगशालालेहरुले पोजेटिभ नजिता निकाल्ने गरेको भ्रम धेरैलाई छ ।

कोरोना परीक्षणको बारेमा जान्नेबुझ्ने मान्छेले नै राम्रै तरिकाले सर्वसाधारणम्म भ्रमपूर्ण हल्लाहरु फैलाएको उपाध्याय बताउँछन् । ‘त्यसैले, निःशुल्क परीक्षण भइरहँदा पनि सर्वसाधारणको वास्ता छैन’, उनले भने । ‘पहिले सुविधा नहुँदा परीक्षणको लागि चाप बढी थियो, अहिले सुविधा हुँदा जाँच गराउने मान्छे आउँदैनन् ।’

धनगढी उपमहानगरपालिकाले दैनिक एक सय व्यक्तिको स्वाब सङ्कलन गर्ने लक्ष्य राखेको छ । तर, लक्ष्यको एक चौथाई मान्छे मुस्किलले स्वाब दिन आउने गरेका छन् । खास गरेर पहिलेका पोजेटिभ केसहरु निगेटिभ हुनका लागि र लक्षण देखिएका व्यक्तिहरुमात्रै जाँच गराउन आउने गरेका धनगढी उपमहानगरपालिकाले जनाएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहहरुले रणनीति नै परिवर्तन गर्नु पर्ने अवस्था देखिएको उपाध्यायले बताए ।

सामाजिक विकास मन्त्रालयको पछिल्लो आँकडानुसार नोभेम्बर महिनाभरि दैनिक थोरै सङ्ख्यामामात्रै परीक्षण भएको छ । र, निरन्तर रुपमा परीक्षण सङ्ख्या र सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । जबकी अन्य महिनामा परीक्षण गराउनेको सङ्ख्या धेरै थियो ।

पछिल्लो एक हप्तामा दुई हजार २७९ स्वाब नमूना परीक्षण गरिएको छ । सो अवधिमा ५०६ जना संक्रमित फेला परेका छन् ।

पछिल्लो समय स्वाब परीक्षण घटेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठको पनि बुझाइ छ । ‘अस्पतालमै स्वाब दिन आउनेकोको सङ्ख्या पहिले जतिकै छ’, उनले भने । ‘तर, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहमार्फत परीक्षणको लागि आउने स्वाब सङ्ख्या घटेको छ ।’

कोरोना परीक्षणको दायरा घटे पनि जोखिम घटेको छैन । बरु, विवाह, प्रदेशको विभिन्न मन्दिरमा जात्रा, विद्यालय सञ्चालन लगायतको कारणले जोखिम अझै बढेको छ । यस्तै, जाडो याममा आगो ताप्ने नेपालीको चलन छ । यसले पनि एकबाट धेरै व्यक्तिमा कोरोना सर्ने जोखिम रहेको छ ।

जोखिम अझै उच्च भएको बेला लापरवाही झनै बढेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए । ‘बजार क्षेत्रमा ९० प्रतिशत मानिसले मास्क लगाउन छोडिसके’, उनले भने । ‘यहाँ जति जोखिम, त्यति नै लापरवाही भइरहेको छ ।’

प्रदेशमा स्वाब सङ्कलन र परीक्षणको दायरा घटेको स्वीकार्दै डा. अवस्थीले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सघाउनु पर्ने मानिसहरु खुला रुपमा नआइ लुक्ने गरेका उल्लेख गरे । ‘अहिले यत्रतत्रबाट आएका मान्छेहरु सिधै घरमा जाने र चुपगुपमा बस्ने गरेका छन्’, उनले भने । ‘उनीहरु क–कसको सम्पर्कमा पुगे भन्ने पनि यकिन हुँदैन ।’

साधारणतयाः एक जना सङ्क्रमित कम्तीमा पनि पाँच÷छ जनाको सम्पर्कमा पुग्ने गरेको बताइएको छ । ती सङ्क्रमितमा रहेको भाइरसको लोड अनुसार अन्य व्यक्तिलाई कोरोना सर्ने गरेको छ । डा. अवस्थीका अनुसार २४ भन्दा माथि भाइरस लोड भएका सङ्क्रमितका सम्पर्कमा आएका व्यक्तिमा कोरोना सर्दैन । तर, २४ भन्दा कम भाइरस लोड भएका सङ्क्रमितका सम्पर्कमा आएका धेरै व्यक्तिमा कोरोना सर्ने गर्दछ ।

‘सङ्क्रमितमा भाइरस लोड जति कम भयो, कोरोना सर्ने जोखिम त्यति नै धेरै हुन्छ’, उनले भने । ‘कोरोनाबाट जोगिनका लागि सबैले स्वास्थ्य मापदण्डको पाल्न गर्नु प¥यो ।’ हाम्रो प्रदेशमा मापदण्डको पूर्ण पालना नगरिएका कारण कोरोनाको जोखिम दिनप्रति दिन बढेको डा. अवस्थीको बुझाइ छ ।

Related News

सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
  • २०७७ मंसिर १९

दिपायल- नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई...

TOP