२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

विश्भर २४ घण्टामा १३ सय ५७ जनाको मृत्यु, इटालीमा सबैभन्दा धेरै

विश्भर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै १३ सय ५७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वभर २ लाख ७५ हजार ५ सय ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसमध्येका ३० हजार ६ सय ३७ जना नयाँ संक्रमित हुन् ।

कोरोना भाइरसबाट संक्रमित ९१ हजार ५ सय ३३ जना उपचारपछि निको भएका छन् । अहिले १ लाख ७२ हजार ६ सय ४९ जनाको उपचार भइरहेकोमा उनीहरु मध्ये ७ हजार ७ सय ६५ जना गम्भीर रहेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण बितेको २४ घण्टामा सबैभन्दा धेरै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म ४ हजार ३२ जनाले ज्यान गुमाइसकेका छन ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । चीनमा बितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । त्यहाँ ४१ जनामा नयाँ संक्रमण फेला परेको छ ।

त्यस्तै स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ५४, बेलायतमा ३३, नेदरल्याण्डमा ३०, बेल्जियममा १६ जनाले बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७६ चैत्र ८

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP