२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday

सुदूरपश्चिममा कोरोनाका कारण पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

अछामको तुर्माखाँदमा कार्यरत स्वास्थ्यकर्मी कपिल श्रेष्ठको निधन भएको हो

कैलाली- सुदूरपश्चिममा कोरोना संक्रमणका कारण पहिलो स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।  अछामको तुर्माखाँद गाउँपालिका–१ मा रहेको रहफ स्वास्थ्य चौकीका इन्चार्ज, सिनियर अहेब कपिल श्रेष्ठको शुक्रवार अपराह्न १२ बजे उपचारका क्रममा  सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–५ निवासी ५५ वर्षीय श्रेष्ठलाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । एक वर्ष अघि २०७६ कार्तिक २१ गते देखि उनी अछामको रहफ स्वास्थ्य चौकीका इन्चार्जका रूपमा कार्यरत थिए ।

दसैँ बिदा मनाउन उनी धनगढी घर आएका थिए । दसैँ मनाएर कार्यक्षेत्र अछाम फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछि फेरि धनगढी फर्किएका थिए । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कोरोनाका कारण सुदूरपश्चिममा ज्यान गुमाउने श्रेष्ठ पहिलो व्यक्ति भएको बताए । 

कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाले शुक्रवार श्रेष्ठको हिन्दु संस्कार अनुसार अत्यष्टी गरेको थियो ।

Related News

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ मंसिर ६

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
  • २०७७ मंसिर ६

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
  • २०७७ मंसिर ६

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...

TOP