२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

रहेनन् कैलाली कांग्रेसका नेता न्यौपाने : कोरोनाले लियो ज्यान

कैलाली- नेपाली कांग्रेस कैलालीका नेता लक्ष्य बहादुर न्यौपाने (लक्ष्मण)को निधन भएको छ । कांग्रेस महासमिति सदस्य समेत रहेका न्यौपानेको कोरोना भाइरसको संक्रमणका कारण ६५ वर्षको उमेरमा निधन भएको हो ।

भजनी नगरपालिका–८ गोलचउरा निवासी नेता न्यौपानेको नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार राती करिव ९ बजेतिर निधन भएको बताईएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा गत कार्तिक २१ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका उनलाइ स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार धनगढीको कोरोना अस्पताल ल्याइएको थियो । धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज लगिएका उनको शनिबार राती निधन भएको परिवार स्रोतले जनाएको छ ।

आफन्तका अनुसार नेता न्यौपानेकोे शव अस्पतालबाट लगेर पूख्र्यौली घर दाङमा दाहसंस्कार गर्ने तयारी भइरहेको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ कार्तिक ३०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP