२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

संकटकाल घोषणा गर्न विप्लव ब्युरोको माग

नेकपा विप्लवले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसलाई लिएर स्वास्थ्य संकट घोषणा गर्न माग गरेको छ। नेकपा विप्लवको सेती–महाकाली ब्युरोले प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य संकटकाल घोषणा गरी  स्वास्थ्य जनशक्ति स्वयमसेवक भर्ना गर्न माग गरेको हो।

यस्तै भारतसँग जोडिएका सीमानाकामा  व्यवस्थित स्वास्थ्य चेक पोष्ट स्थापना गर्न, ज्यालादारी, गरिब किसानहरुलाई खाद्यान्न लगायतका राहात प्याकेजको व्यवस्था गर्न, औषधी, मास्क, सेनेटाईजर जस्ता रोकथामका समाग्री सहज रुपमा सबै ठाउँमा निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न पनि माग गरेको छ।

राजनीतिक आस्थाका आधारमा जेल र हिरासतमा बन्दी जीवन बिताईरहेका नेता कार्यकर्तालाई रिहाई गरी कारागारलाई कोरोना सुरक्षित बनाउन पनि माग गरिएको छ। विप्लवले कोरोनाको जोखिमबाट बच्न कुनै तहका सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप समेत गरेको छ।

जोखिमपूर्ण अवस्थामा पनि विदेशबाट आउने नागरिक र संक्रमितका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्न नसकेको जारी विज्ञप्तीमा भनिएको छ। कैलाली र कञ्चनपुरका सीमा नाकाबाट दैनिक हजारौँ यात्रुहरु भित्रिरहेको भएपनि बसपार्क क्षेत्रमा अलपत्र भेटिएको गरेको तथा संक्रमण रोकथाममा संघिय सरकारको भूमिका शुन्य जस्तै र प्रदेश सरकार मुकदर्शक बनेको आरोप विप्लव समूहका सेती महाकाली ब्युरो इन्चार्ज निर्माणद्धारा जारी विज्ञप्तीमा लगाईएको छ। 

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७६ चैत्र ८

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP