२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

रक्तचाप घटाउन दैनिक खानैपर्ने ५ खानेकुरा

यदि तपाईँको रक्तचाप तपाईँले सोँचेको भन्दा बढी छ भने (१२०/८० भन्दा बढीलाई उच्च रक्तचाप मानिन्छ) अथवा सामान्यतः तपाईँ आफ्नो शरीरलाई स्वस्थ राख्न चाहनुहुन्छ भने, सबैभन्दा बढी त तपाईँले खानेकुरामा नै ध्यान दिनुपर्ने हुन्छ।

यसको लागि तपाईँको खाने बानीमा पुरै परिवर्तन ल्याउनुपर्छ भन्ने पनि छैन, केवल तपाईँको दैनिक खानामा यी ५ मध्ये १ अथवा ५ वटै खानेकुरा मिसाउन सक्नुहुन्छ।

दैनिक खानैपर्ने ५ खानेकुराहरू
१. गेडागुडी
1 cup beans

गेडागुडीमा फाइबर, म्याग्नेसियम तथा पोटासियम प्रशस्तै पाइन्छ, र सबैले तपाईँको रक्तचापलाई स्वस्थ तरिकाले नियन्त्रण गर्न मद्दत पुर्याउँदछ। दिनमा कम्तीमा पनि १ कप गेडागुडी पानीमा भिजाएर खानाले, शरीरको रक्तचाप महत्वपूर्णरूपले नियन्त्रणमा आउँदछ। यसले कम रक्तचाप भएका व्यक्तिहरूलाई पनि कुनै किसिमको हानी पुर्याउँदैन।

२. कालो चिया
black tea

कालो चियाको बारेमा योभन्दा पहिलेका अङ्कहरूमा पनि विशेष जानकारी उल्लेख गरिसकेका छौँ (पढ्न यहाँ क्लिक गर्नुहोस्)। कालो चियामा पाइने तत्वले मुटुको धमनीमा भएको बाधालाई पनि सहजता प्रदान गर्ने गर्दछ, जसले गर्दा रक्तचापमा प्रभावकारी रूपले नियन्त्रण हुने गर्दछ। तर दिनमा ६ कपभन्दा बढी कालो चिया नपिउनुहोस्।

३. केरा र स्याउ
banana

भनिन्छ, केरा र स्याउ भनेको फलफूलहरूको राजा हो। केरा भनेको पोटासियमको महान श्रोत हो, जसले रक्तचापको असरलाई कम गर्दछ। “दिनमा एउटा स्याउ खानुहोस्, डाक्टरलाई धपाउनुहोस्!” भन्ने भनाइ पनि सुन्नुभएकै छ होला। त्यसैले प्रतिदिन कम्तीमा पनि एउटा स्याउ र ४ कोसा केरा खानाले रक्तचापमा नियन्त्रण हुने मात्र नभएर शरीरलाई स्वस्थ अनि दाँतलाई पनि सफा राख्न मद्दत गर्दछ।

४. कम चिल्लो भएको दूध अथवा दही
low fat milk

जसले, दैनिक कम चिल्लो भएको दूधबाट बनेको परिकार अथवा दही खान्छ (जसमा क्याल्सियम र भिटामिन डि पाइन्छ), उसको शरीरको रक्तचाप ११ प्रतिशतले घटेको एक अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले, बिहान उठ्ने बित्तीकै १ गिलास मनतातो दूध पिउनुहोस्, खानासँग १ गिलास दही मिलाउनुहोस्, अथवा दिनभरीमा कम्तीमा पनि ३०० मिलिलिटर कम चिल्लो भएको दूध पिउनुहोस् र मुटु रोग, उच्च रक्तचाप जस्ता घातक रोगहरूबाट मुक्त हुनुहोस्।

५. आलु
potatoe

हुन त, आलु भनेको नेपालमा मात्रै नभएर अधिकांश देशभरी नै सर्वाधिक पाइने र सर्वाधिक सेवन गरिने खाध्यपदार्थ हो। यसमा प्रशस्त मात्रामा प्रोटिन, कार्बोहाइड्रेट जस्ता पौष्टिक तत्वहरू पाइन्छन् भने पोटासियम, म्याग्नेसियम जस्ता खनिज पदार्थहरू पनि पाइन्छन्। दैनिक आलुको सेवनले शरीरमा अन्य रोगहरूको साथै रक्तचापको समस्यामा पनि कमी हुँदै जान्छ।

नोटः

धेरैले गर्ने एउटै गल्ती भनेको आलु बोक्रा तासेर पकाउने गर्छन्, तर त्यसो गर्नु ठिक होइन किनभने, अधिकांश मात्रामा प्रोटिन र अन्य पौष्टिक तत्वहरू बोक्रामा नै पाइन्छन्, त्यसको मतलब भित्री भागमा पाइँदैन भन्न खोजिएको होइन। तर बोक्रा र भित्रको फललाई समग्रमा खाँदा झन् बढी फाइदा हुने गर्दछ। ध्यान दिनुपर्ने कुरामध्ये, आलुको बोक्रालाई राम्रोसँग सफा गरेर खानु पनि एक हो।

उच्च रक्तचाप होस् या मधुमेह, कम रक्तचाप होस् या अन्य कुनै रोगहरू, तपाईँ आफैले घरमै बसीबसी त्यसको नियन्त्रण गर्न सक्नुहुन्छ। अलिकति पनि हेलचेक्र्याईँ गर्नुभयो भने, स्वयम् तपाईँलाई नै बेफाइदा हुने गर्दछ। स्वस्थ रहनुहोस्।

Related News

बडेखोलामा निःशुल्क स्वाथ्य शिविर : एक सय २० जनाले लिए सेवा 
बडेखोलामा निःशुल्क स्वाथ्य शिविर : एक सय २० जनाले लिए सेवा 
  • २०७६ चैत्र ७

दिपायल – शिखर नगरपालिका – १० बडेखोलामा आयोजित निःशुल्क स्वाथ्य...

TOP