२०७८ बैशाख २३, बिहीबार
May 6, 2021, Thursday

कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीसहित तीन जनाको मृत्यु

काठमाडौं– कोरोनाका कारण मुलुकका विभिन्न स्थानमा थप तीन जनाको मृत्यु भएको छ । सुनसरी चितवन र वीगञ्जमा जनाको मृत्यु भएको हो ।

सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकादिनुभयो ।

ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै चितवनको भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

केही समय देखिनै मृगौला फेल भइ डायलासिस गरिरहेका उनको असोज ४ गते कोरोना पुष्टी भएको थियो ।

त्यसैगरी पर्साका एक स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको हो ।

Related News

डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन १३

डोटी- पछिल्लो २४ घण्टाको परीक्षणमा डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं : रामकुमारी झाँक्री
हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं : रामकुमारी झाँक्री
  • २०७७ आश्विन १३

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाएरै छाड्ने संकेत गरेकी छिन्। झाँक्रीले विम्वात्मक शैलीमा कडा...

धनगढीमा थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन हुदैं
धनगढीमा थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन हुदैं
  • २०७७ आश्विन १३

सुदूरपश्चिम प्रदेश सरकारले थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास...

TOP