२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

२५ जनाभन्दा बढी मलामी जान नपाइने

काठमाडौँ– कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गएपछि पशुपति क्षेत्र विकास कोषले मलामी आउँदा २५ जनाभन्दा बढी नआउन आग्रह गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको संयोजकत्वमा गठित ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’को बुधबारको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन नहुने निर्णय गरेको थियो।

सरकारको उक्त निर्णय अनुसार २५ जनाभन्दा बढीलाई मलामी नआउन आग्रह गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यस्तै कोषले हरेक दिन साँझ पशुपतिमा हुने आरति पनि शनिबारदेखि बन्द हुने जनाएको छ।

कोरोनाको सम्भावित जोखिमबाट जोगिन भन्दै सरकारले चैत ६ गतेबाट हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) लागायतका सबै परीक्षासमेत स्थगित गराउनुका साथै विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा हुने पठनपाठनसमेत बन्द गर्ने निर्णय गरेकाे थियेा।

Related News

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको अनुसन्धान प्रक्रिया यथास्थितिमा राख्न निर्देशन
सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको अनुसन्धान प्रक्रिया यथास्थितिमा राख्न निर्देशन
  • २०७६ चैत्र ७

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको अनुसन्धान प्रक्रिया यथास्थितिमा...

TOP