२०७८ बैशाख २३, बिहीबार
May 6, 2021, Thursday

मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम बढ्दो

बैतडी- कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ। सडक, सडकपेटी र बजारक्षेत्रमा  प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो।

मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने जिल्ला अस्पताल बैतडीका चिकित्सक डम्बरजङ्ग सिंहले बताए। “मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिम हुन्छ”, उनले भने। मास्कको उचित व्यवस्थापन हुन नसके सङ्क्रमण फैलन सक्ने उनको भनाई छ।

    
मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र  मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव उनको छ। मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेको बताइएको छ।

आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सके सङ्क्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्थ्य कार्यालयले जनाएको छ। बैतडीमा हालसम्म ३८८ जनाका कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ।
 

Related News

डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन ५

डोटी- पछिल्लो २४ घण्टाको परीक्षणमा डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं : रामकुमारी झाँक्री
हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं : रामकुमारी झाँक्री
  • २०७७ आश्विन ५

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाएरै छाड्ने संकेत गरेकी छिन्। झाँक्रीले विम्वात्मक शैलीमा कडा...

देउवा भेट्न प्रधानमन्त्री ओली दलबलसहित बूढानीलकण्ठमा
देउवा भेट्न प्रधानमन्त्री ओली दलबलसहित बूढानीलकण्ठमा
  • २०७७ आश्विन ५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् । एमाले समेत अध्यक्ष समेत रहेका ओली...

TOP