२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday
सुदूरपश्चिममा कोरोना

८७ प्रतिशत संक्रमित कोरोना मुक्त

डोटी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका नागरिक मध्य ८७ प्रतिशत निको भएर घर गएका छन् ।

हाल सम्म सुदूरपश्चिममा ६ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय २४ जना अर्थात ८७ दशमलव ३४ प्रतिशत नागरिक कोरोना संक्रमण निकोभएर घर गएका मन्त्रालयद्वारा जारी प्रश विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसरा हाल सम्म सुदूरपश्चिममा ७५ हजार ८ सय ३० जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीद्वारा जारी विज्ञप्ति अनुसार हाल सम्म सुदूरपश्चिममा ७७ हजार ३ सय ६१ जनाको स्वाव संकलन गरिएको छ । ती मध्य ७५ हजार ८ सय ३० नमूनाको नतिजा आएको मा ६ हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परिक्षण गरिएका नमूना मध्य ६९ हजार २ सय ७७ नजाको स्वावको नतिजा भने नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्य १ हजार पाँच सय ३१ जनाको नतिजा आउन बाँकी रहेको छ ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन ४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP