२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बैतडीमा पनि सुरु भयो पिसिआर परीक्षण

बैतडी- प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण पिसीआर प्रयोगशालाको बिहीबार उद्घाटन गरिएको छ ।

उक्त प्रयोगशालाको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गरेका हुन्।

मन्त्री सुवेदीले प्रदेश सरकार कोरोना नियन्त्रण गर्न जिम्मेवार भएर लागेको बताए।

उनले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार जिम्मेवार भएर लागेको छ, सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जरुरी छ ।’

यसका साथै उनले कोरोना संक्रमितलाई हेला नगर्न आग्रह गरेका छन्।

यस्तै मन्त्री भट्टले प्रदेश सरकारले जनताको आकांक्षाअनुसार काम गरिरहेको जिकिर गरे।

उनले भने, ‘जनताकै हितका लागि सदैब प्रदेश सरकार लागिपरेको छ, जनताकै इच्छाअनुसार नै काम गरिरहेका छौं ।’

प्रदेश सरकारको करिब रु ४० लाखको लागतमा प्रयोगशाला स्थापना गरिएकोे अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती भट्टले बताइन्।

प्रयोगशाला उद्घाटनपछि अब जिल्लामै कोरोनाको परीक्षण पनि शुरु भएको छ ।

यसअघि कोरोना परीक्षणका लागि डडेल्धुरा र कैलाली स्वाब पठाउनुपर्ने अवस्था रहेकामा अब जिल्लामा कोरोना परीक्षण हुने जिल्ला अस्पतालका प्रमुख डा डम्वरजंग सिंहले जानकारी दिए।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन २

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP