२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday
कोभिड - १९ अपडेट

बिहिवार सुदूरपश्चिमका थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी-सुदूरपश्चिममा बिहिबार थप ५६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ३३ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका १६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनले धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ र १३ का एक÷एक जना र वडा नखुलेका एक जनामा कोरोना पुष्टि भएको बताए।यस्तै कैलालीको गौरीगंगा नगरपालिका–६ र भजनी नगरपालिकाका–५ का तीन÷तीन जना र गोदावरी नगरपालिका-४ का एक जनामा कोरोना पुष्टि भएको उनले बताए।

उनका अनुसार कञ्चनपुरको पुर्नवास नगरपालिका–५ का चार जना, महाकाली नगरपालिका-२ र बेलौरी नगरपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहिवार नै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। १ सय ७६ जनाको कोरोना परीक्षण गरिएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले २९ पुरुष र ५ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।

उनका अनुसार अछामको साँफेबगरका १७ जना, डोटीको शिखर नगरपालिकाका ८ जना, डोटीकै दिपायल सिलगढी नगरपालिकाका ५ जना र डोटीकै केआइसिँह गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ७ सय १५ पुगेको छ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन १

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP