२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

डोटीका थप ६ जनामा कोरोना पुष्टि : संक्रमितको कुल संख्या ९६२ पुग्यो

डोटी- शुक्रबार डोटीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणबाट बोगटान फुड्सील गाउँपालिकाका ६ जनामा कोरोना संत्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डोटीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बोगटान फुड्सील गाउँपालिका वडा नं. ५ का एक महिला, ३ पुरुष, वडा नं. ६ का एक महिला र वडा नं. ७ का एक पुरुष गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार डोटी अस्पतालको प्रयोगशालामा ८६ जनाको थ्रोट स्वाव परिक्षण गरिएको थियो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु सबै गाउँपालिकाको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमितहरुको कुल संख्या ९ सय ६२ पुगेको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ भाद्र २६

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP