२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday

मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?

अहिले मौसम परिवर्तन भै रहेकाले  मौसमी फ्लुको जोखिम बढेको छ । यता कोरोनाको जोखिम पनि उच्च बिन्दुमा पुगेको छ ।  मौसमी फ्लु  र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरसको सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ । 

मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?

मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रमण ९इन्फेक्सन० हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको सङ्क्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ । 

मौसमी फ्लु हुँदा दुईरचार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ ।  फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चाररपाँच दिनको फरकमा सर्छ ।  

कोरोना भएमा कस्तो लक्षण देखिन्छ ? 

– रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने

– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने

– श्वास लिँदा धेरै बल लगाउनुपर्ने

– छातीमा गाह्रो हुने   

कस्तो अवस्थामा अस्पताल जाने ?

  – सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन  

– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा

  – ज्वरो निरन्तर आएमा

– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा

– ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा  

– मधुमेह, मिर्गौला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने   

प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? 

– फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने 

– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने

– सकभर स्वस्थ्य रहने  

– प्रशस्त मात्रामा उमालेको पानी पिउने 

– धेरै मात्रामा झोल पर्दाथ पिउने  बिहानदेखि बेलुकासम्म के–के गर्ने ? 

– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने 

– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने 

– स्यानिटाइजर नभए साबुन पानीले हात धुने

  – शौचालय जाँदा र बाहिरबाट घर फर्केपछि २० सेकेण्ड मिचीमिची हात धुने

  – बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने

  – हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने 

– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने   

– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने 

(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. मिलन खड्कासँगको कुराकानीमा आधारित)

Related News

राष्ट्रपति पौडेलले उपचार खर्च आफैँ व्यहोर्ने
राष्ट्रपति पौडेलले उपचार खर्च आफैँ व्यहोर्ने
  • २०७७ भाद्र २३

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय...

TOP