काठमाडौं– नेपालमा कोरोना संक्रमण सुरु भएको सात महिनामा हिजो शनिबारसम्ममा २८० जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक महिनायता दिनहुँ संक्रमितको मृत्यु भइरहेको छ।
साउन ७ गते लकडाउन खुल्दा ४२ जना संक्रमितको मृत्यु भएको थियो भने १८ हजार ९४ जना मानिस संक्रमित थिए। चैतदेखि साउनसम्मको लकडाउनको ४ महिनामा मृत्युदर ०.२ प्रतिशत थियो।
तर, साउन ७ गतेयता २३८ जना संक्रमितको मृत्यु भइसकेको छ। अहिले कोरोना सक्रमितको मृत्युदर ०.६ प्रतिशत छ। पछिल्लो एक महिनायता दिनहुँ संक्रमितको मृत्यु एकभन्दा धेरै छ।
साउन २० गतेबाट दिनहुँ संक्रमितको मृत्यु भइरहेको छ। पछिल्लो ३३ दिनमा २२३ जनाको मृत्यु भएको छ। पछिल्लो महिना दैनिक मृत्यु औसतमा ७ जना छ।
नेपालमा पहिलोपटक गग जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
सरिता कठायत, डोटी – नेपाली कांग्रेस डोटी प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले...
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...