२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

बझाङका थप १६ जनामा कोरोना पुष्टी : संक्रमितको कुल संख्या ४३७ पुग्यो

बझाङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको १ सय १० जनाको परिक्षणमा बझाङका १६ जनामा संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालले बताए ।

उनका अनुसार संक्रमण पुष्टी हुनेमा केदारस्यू गाउँपालिकाका १०, थलारा गाउँपालिकाका ४ र छब्बिसपाथिभारा गाउँपालिकाका २ जना रहेका छन् ।

यो संगै बझाङमा संक्रमितको कुल संख्या ४ सय ३७ पुगेको छ भने सक्रय संक्रमितको संख्या १ सय २४ पुगेको छ । सुदूरपश्चिममा संक्रमितको संख्या ५ हजार ९ सय ९१ पुगेको छ ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ भाद्र २०

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP