२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

बझाङका थप १६ जनामा कोरोना पुष्टी : संक्रमितको कुल संख्या ४३७ पुग्यो

बझाङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको १ सय १० जनाको परिक्षणमा बझाङका १६ जनामा संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालले बताए ।

उनका अनुसार संक्रमण पुष्टी हुनेमा केदारस्यू गाउँपालिकाका १०, थलारा गाउँपालिकाका ४ र छब्बिसपाथिभारा गाउँपालिकाका २ जना रहेका छन् ।

यो संगै बझाङमा संक्रमितको कुल संख्या ४ सय ३७ पुगेको छ भने सक्रय संक्रमितको संख्या १ सय २४ पुगेको छ । सुदूरपश्चिममा संक्रमितको संख्या ५ हजार ९ सय ९१ पुगेको छ ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ भाद्र २०

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP