२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday

आईसोलेशनमा रहेका कोरोना संक्रमितलाई हाईजिन किट

गणेश मौनी

डोटी- नेपाल रेडक्रस सोसाईटीको ५८ औं स्थापना दिवसको अवसरमा आईसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई (स्वच्छता सामाग्री सेट) हाईजिन किट प्रदान गरिएको छ ।

हाईजिन किड बितरणका साथै कोभिड १९ को अग्र पंतीमा रहेर सेवा गर्नेहरुको सम्मानका लागि ताली बजाउदै दिवस मनाईएको नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका शाखा प्रबन्धक शुवास श्रेष्ठले बताए ।

कोरोना संक्रमीतहरुलाई उपलब्ध गराएको (स्वच्छता सामाग्री सेट) हाईजिन किट नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापति लक्षिराम कुवँर र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर मल्लले हस्तान्तरण गरेका थिए । दिवसकै अवसरमा रेडक्रसले जिल्ला प्रहरी कार्यालय डोटीलाई माक्स र ग्लोब सहयोग गरेको थियो ।

नेपाल रेडक्रस डोटी शाखाले जिल्ला प्रहरी कार्यालयको आईसोलेसनमा रहेका ३जना कोरोना संक्रमीत पुरुषलाई हाईजिन किड उपलब्ध गराएको हो । यो भन्दा पहिले रडोटी शाखाले शिखर नगरपालिका र पुर्विचौकी गाउँपालिका आईसोलेसनमा रहेका ३० कोरोना संक्रमीतहरुलाई हाईजिन किड उपलब्ध गराएको समेत शाखा प्रबन्धक श्रेष्ठले बताए ।

नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले जिल्लामा काभिड १९ प्रतिकार्यमा विभिन्न कार्य गदै आईरहेको छ ।

Related News

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ भाद्र १९

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
  • २०७७ भाद्र १९

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
  • २०७७ भाद्र १९

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...

TOP