२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

सुदूरपश्चिमका थप ७ जनामा कोरोना संक्रमण : संक्रमितको कुल संख्या ६१३४ पुग्यो

शुक्रबार सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालमा भएको परीक्षणमा ७ जना संक्रमित थपिएका हुन।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ६४ जनाको कोरोना परीक्षण एक जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिका –५ का एक जनामा कोरोना पुष्टि भएको हो।

यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ सय ५९ जनाको कोरोना परीक्षण भएकोमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

भुसालका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा बैतडीको पाटन नगरपालिकाका एकजना, बझाङको मष्ठा गाउँपालिकाका एक र दार्चुलाको मार्माका एक जना रहेका छन्।

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा शुक्रबार एक सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ। प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटी र अछाम जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको हो।
डोटीको पूर्वीचौकी गाउँपालिकाका एक पुरुष, आदर्श गाउँपालिका वडा नम्वर ३ का एक महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार एक सय ३४ पुगेको छ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ भाद्र १९

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP