दार्चुलामा स्क्रब टाईफसका बिरामी बढ्दै गएका छन् । मंगलबारसम्म आठ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।
जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका आठ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालका डाक्टर गजेन्द्र दुवालले बताए ।
यसअघि पाँच जनामा स्क्रब टाइफस देखिएकोमा सोमबार मात्रै थप तीन जनामा स्क्रब टाइफस संक्रमण देखिएकाले बिरामीको संख्या आठ पुगेको डाक्टर दुवालले बताए । सोमबार मात्रै तीन जना महिलामा स्क्रब टाइफस देखिएको छ ।
महाकाली नगरपालिकाका दुई जना र मालिकार्जुन गाउँपालिकाका एक जना गरी ३ जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालले जनाएको छ । मालिकार्जुन गाउँपालिकामा एक पुरुष तथा तीन महिला गरी चार जना, महाकाली नगरपालिकामा एक पुरुष तथा दुई महिला गरी तीन जना र ब्याँस गाउँपालिका एक पुरुष गरी जम्मा आठ जनामा स्क्रब टाइफस देखिएको अस्पतालका डाक्टर दुवालले बताए ।
ती मध्ये गम्भीर एक जनालाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने एक जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । डाक्टर दुवालका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने र कुनै–कुनै बिरामीलाई झाडापाखाला र सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको छ ।
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...
डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...
नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...