२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना पुष्टि : ५८८ डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३०३ जना महिला र ५९६ पुरुष छन्।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार २३२ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ छ। जसमध्ये संस्थागत आइसोलेसन १० हजार ७०१ जना र होम आइसोलेसनमा ७ हजार १२१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १२९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। नेपालमा हालसम्म ६ लाख ७३ हजार ४७२ जनाको पीसीआर नमुना परीक्षण भएको छ।

हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ७ हजार ३३७ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा ५८८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० जना छ।

काेराेना संक्रमणबाट आज नेपालमा ७ जनाकाे मृत्यु भएकाे छ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७७ भाद्र १५

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP