२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

पहिलो पटक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं– नेपालका कोरोना भाइरस (कोभिड—१९) बाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

१२ भदौमा महोत्तरीको मनरा सिसवा—४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट (एचए) लाई उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैंमा मृत्यु भएको महोत्तरीका कोभिड फोकल पर्सन विरेन्द्र कुमार झाले जानकारी दिए ।

उनको ललितपुरस्थित बयोधा हस्पिटलमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । महोत्तरीमै मेडिकल सञ्चालन गरेका उनी ७ भदौमा बिरामी परेका थिए ।

मृतकको परिवारका अन्य सदस्यहरु पनि औषधि व्यवसायमा नै संलग्न रहेको र अन्य सदस्य पनि कोरोना संक्रमित भएको झाले जानकारी दिए । तर स्वास्थ्यकर्मीको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ भाद्र १५

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP