
डोटी । डोटीमा मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारवाहि गर्न सुरु गरेको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलहरुमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय डोटी तथा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले चेतावनी स्वरुप भन्दै रु एक सय जारीवाना तिराउन सुरु गरेको छ ।
शनिबार सम्म जिल्लामा कम्तिमापनि चार सय जना भन्दाबढी मास्क प्रयोग नगरी हिड्ने लाई कारवाहि गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोरोना नियन्त्रणका लागि फिल्डमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण दिपायलको टोली पनि खटिएको छ । टोलीले मास्क प्रयोग नगरी बजारमा हिड्ने तथा गाडीमा यात्रा गर्ने लाई कारवाहि गर्न थालेपछि यहाँका स्थानीयहरु अहिले मास्क प्रयोग गर्न थालेका छन् ।
मास्कको प्रयोग नगरी हिँड्ने तथा सवारी साधन चलाउनेलाई फिल्डमै उत्रिएर कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना संक्रमितको सङख्या बढ्दै जानथालेको छ, मास्क प्रयोग नगर्नेलाई जारीवाना तिराउन थालेका छौँ, अटेर गर्नेलाई थप कारवाहि गछौँ ।”
प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा यहाँका प्रमुख व्यापारी केन्द्र तथा बढी मानिसको भिडभाड हुँने क्षेत्रमा प्रहरी टोली खटिएको प्रहरी प्रमुख तथा एसपी पाण्डेले जानकारी दिनुभयो ।
प्रहरीले कारबाही गर्न सुरु गर्नु अघि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक सातासम्म मास्क प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...