२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

डडेल्धुरा र धनगढीमा भएको परिक्षणमा सुदूरपश्चिमका ६४ जनामा कोरोना पुष्टि

धनगढी– सुदूरपश्चिम प्रदेशमा शनिवार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका ६४ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ३९ जनाको कोरोना परीक्षण भएकोमा तीन महिला र १२ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामका नौँ र कैलालीका ६ जनामा संक्रमण पुष्टि भएको हो। उनले अछामको साँफेवगरका एक महिला र ८ पुरुष सहित नौँ जना, कैलालीको गोदावरीका तीन पुरुष र एक महिला गरी चार जना, धनगढीकी एक महिला र स्थानीय तह नखुलेका कैलालीकै एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। 

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ४९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका २६ जना, बैतडीका २१ जना र दार्चुलाका दुई जनामा संक्रमण पुष्टि भएको बताए।

भूषालका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका २३ जना र बझाङकै केदारस्युँ गाउँपालिकाका तीन जना, बैतडीको पाटन नगरपालिकाका १८ जना, सोही जिल्लाको दोगडाकेदार गाउँपालिकाका दुई जना, सुर्नया गाउँपालिकाका एक जना र दार्चुलाको महाकाली नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो। 

शनिवार ६४ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ८ सय तीन पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार ८ सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ भाद्र १३

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP