२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

मुख्यमन्त्री भट्टका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण

धनगढी- सुदरपश्चिमका म्ख्यमन्त्री त्रिलोचन भट्टको भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार गरिएको स्वाब परिक्षणमा मुख्यमन्त्रीको खाना पकाउने भान्सेकी २८ बर्षीया श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

ती महिलाका श्रीमान धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी स्थित मुख्यमन्त्रीको निवासमा खाना पकाउने काम गर्दै आइरहेका छन् ।

मुख्यमन्त्री कार्यालयका ड्राइभरमा पनि केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । ड्राइभरमा कोरोना संक्रमण भएपछि गरिएको मुख्यमन्त्री भट्ट सहित ८३ जनाको स्वाब परिक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ भाद्र १३

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP