२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुग्यो : २४ घण्टामा थपिए ६४१ संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ।

पछिल्ला केही दिनयता संक्रमितको संख्या लगातार बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म पीसीआर नमुना परीक्षण गर्नेको संख्या ५ लाख १७ हजार ९०७ छ।

हाल नेपालमा १५ हजार २४३ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ।

पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ श्रावण ३२

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP