२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

२४ घण्टामा ६३८ जनामा कोरोना पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । 

देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे। 

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने  मृतकको संख्या ८३ पुगेको छ ।  मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।  

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ श्रावण २७

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP