२०७९ जेष्ठ ११, बुधबार
May 25, 2022, Wednesday

सुदूरपश्चिममा ४०५३७ थ्रोट स्वाव संकलन, ३९०८३ परिक्षण, ४७६० संक्रमित, ३९३८ डिस्चार्ज, १४५४ रिपोर्ट आउन वाँकी

तिर्थराज भट्ट

डोटी- सुदूरपश्चिम प्रदेशमा शुक्रबार सम्म झण्डै ४० हजारको पिसिआर परिक्षण गरिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म संकलित ४० हजार ५ सय ३७ थ्रोट स्वाव नमुना मध्य शनिबार सम्म ३९ हजार ८३ को परिक्षण भई नतिजा आएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

 उनका अनुसार संकलित स्वाव मध्य अब १४ सय ५४ स्वावको  रिपोर्ट आउन वाँकी रहेको छ । परिक्षण भएका मध्य शुक्रबार सम्म ४  हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको कार्कीले जानकारी दिए । जसमा ११ सय ६७ महिला र ३५ सय ९३ पुरुष रहेका छन् ।

महाशाखा प्रमुख कार्कीका अनुसार सुदूरपश्चिम प्रदेशमा संक्रमण पुष्टि भएका मध्य शुक्रबार सम्म ३ हजार ९ सय ३८ जना डिष्चार्ज भैसकेका छन् । हाल प्रदेशका बिभिन्न अस्पतालका आईशोलेशनमा ७७ जना रहेका छन् भने वाँकी स्थानीय तहले निर्माण गरेका आईसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

  सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट शुक्रवार मात्र दुई सय ७६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । शुक्रवार कैलालीका दुई सय २२, अछामका ५३ र बैतडीका एक जनालाई डिस्चार्ज गरिएको महाशाखा प्रमुख कार्कीले जानकारी   दिए ।

Related News

दिसिनपा–२ का वडाध्यक्षको पहिलो निर्णय : एम्बुलेन्स खरिद र सहज स्वास्थ्य सेवा
दिसिनपा–२ का वडाध्यक्षको पहिलो निर्णय : एम्बुलेन्स खरिद र सहज स्वास्थ्य सेवा
  • २०७७ श्रावण २४

दिपायल- दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र...

TOP