२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कोरोना संक्रमितको संख्या २२२१४ पुग्यो : ७० जनाको निधन : १५८१४ जना संक्रमण मुक्त

शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेकाे छ भने कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १५ हजार ८१४ पुगेको छ। यसका साथै मृत्‍यु हुनेको संख्‍या  ७० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुर्खेतका १, झापाका २, सुनसरीका १, मोरङका ६४, सप्तरीका १९, धनुषाका ११, सर्लाहीका ५, पर्साका १३८, रौतहटका ५, नवलपरासीका ३, अछामका १, सिन्धुपाल्चोकका १ जना रहेका छन् ।

यस्तै ललितपुरका १०, काठमाडौँका ९२, नुवाकोटका ८, सर्लाहीका ७, कञ्चनपुरका १, भक्तपुरका ४, बाराका ९, कैलालीका १९, तनहुँका २, गुल्मीका १, बाँकेका २९, वर्दियाका १५, कास्कीका ११, स्याङजाका १, कालिकोटका ४ जनाका संक्रमण पुष्टि भएको हो।

कोरोना भाईरसको संक्रमण निको भएर शुक्रबार थप ४२५ जना संक्रमित डिस्चार्ज भएका छन्।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ श्रावण २३

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP