२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि : संक्रमितको कुल संख्या ४९०७ पुग्यो

शुक्रवार सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नौँ महिला र ८ पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा चार सय ४९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १६ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबैभन्दा बढि कैलालीको टीकापुर नगरपालिकाका ५ महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीकै गोदावरी नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १२ की २२ बर्षीया युवती र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ६ की ३० बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। 

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय सात पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८४, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ७१, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९३ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार ६ सय ६२ डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ श्रावण २३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP