२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

सुदूरपश्चिमका थप ६४ जनामा कोरोना पुष्टि

धनगढी– सुदूरपश्चिम प्रदेशमा सोमबार ६४ जना कोरोना संक्रमित थपिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमितमध्ये कैलालीका ४५, कञ्चनपुरका १५ र अछामका चारजना रहेका छन्। सोमबार ६५ संक्रमित थपिएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ८ सय ४ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार एक सय ९७ , डोटीका सात सय ८२, अछाममा सात सय १०, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैगरी कञ्चनपुरका पाँच सय ६७, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्य तीन हजार दुई सय ४८ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ श्रावण २०

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP