२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४,८३७ पुग्यो

सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक सय ७० जनाको कोरोना परीक्षण भएकोमा २६ पुरुष र ७ महिलागरी ३३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका ९ पुरुष र ५ महिला गरी १४ जना, कैलारी गाउँपालिकाका ६ पुरुष र एक महिला गरी ७ जनामा कोरोना पुष्टि भएको बताए। दुवै स्थानीयका जम्मा गरी कैलालीमा आज २१ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै अछामको बान्नीगढी जयगढ गाउँपालिका १० पुरुष, १ महिला गरी ११ जना र कञ्चनपुरको भीमदत्त नगरपालिका –१५ का एक पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

मंगलबार ३३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ३७ पुगेको छ।

Related News

दिपायलमा सेती महाकाली अस्पात सञ्चालनमा
दिपायलमा सेती महाकाली अस्पात सञ्चालनमा
  • २०७७ श्रावण २०

दिपायल– दिपायलमा नयाँ अस्पताल सञ्चालनमा आएको छ । डोटीको पिपल्ला...

TOP