२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या ४१ पुग्यो

प्रदेश १ मा कोरोनाभाइरस कोभिड-१९ संक्रमितको उपचारका क्रममा दोस्रो व्यक्तिको मृत्यु भएको छ।

प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय शशि भूषण झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. संञ्जीवकुमार शर्माले जानकारी दिए।

त्यसैगरि, प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक झा कोभिड १९ कै लक्ष्यणसहित गम्भीर अवस्थामा साउन ३ गते अस्पतालमा भर्ना भएका थिए।

प्रवक्ता सापकोटाले झालाई अस्पतालमा भर्ना गर्दा परिवारले महोत्तरीस्थित घरमा असार २८ गतेबाटै उच्च ज्वरो आएको जानकारी दिएका थिए।

साउन ३ गते भर्ना गरिएसँगै मृतक झाको स्वाब नमूना परीक्षण गरिएको र साउन ४ गते कोभिड-१९ संक्रमण पुष्टि भएको उनले बताए । बेलुका झाको मृत्यु भएसँगै शव राती १२ बजे प्रतिष्ठानबाट नेपाल सरकारको प्रक्रिया अन्र्तगत टोलीले लगिसकेको प्रवक्ता सापकोटाले जानकारी दिए।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो । तर दासमा उच्च रक्तचाप, मुटुको रोग, दम लगायतको समस्या रहेको थियो । यससँगै मुलुकमा कोभिड १९ को कारण ४१ जनाको मृत्यु भएको छ।

हाल प्रतिष्ठानमा उपचाररत ११ जना संक्रमितको भने अवस्था स्थिर रहेको छ।

उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पताल आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमित मध्ये २ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ श्रावण ७

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP