२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ९१ पुग्यो

सुदूरपश्चिममा आज १३ जनामा कोरोना पुष्टि भएको छ। धनगढी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा डडेल्धुराका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै सोमवार नै कैलालीका थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा तीन महिला र पाँच पुरुष गरी कैलालीका ८ जनामा कोराना पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर २ का २५ बर्षीय युवक, वडा नम्वर ३ का ३३ बर्षीय युवक, वडा नम्वर ७ की ३३ बर्षीय महिला, वडा नम्वर १२ का ५२ बर्षीय पुरुष, सोही वडाका ४८ बर्षीय पुरुष, वडा नम्वर १४ की ३५ बर्षीय महिला, सोही वडाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

यस्तै कैलालीकै गेदावरी नगरपालिका वडा नम्वर १० की ३० बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको उनले बताए। सोमवार १३ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ९१ पुगेको छ। संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने ६ सय ६२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ असार २२

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP