२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

डोटीमा कोरोना संक्रमितको संख्या ५१८ पुग्यो : कुन पालिकामा कति ?

डोटी- शनिबार डोटीका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशाला र काठमाण्डौं प्रयोगशालामा गरिएको परीक्षणका क्रममा जिल्लाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका वडा नं. ६ का एक महिला र एक पुरुष गरि दुई जना, शिखर नगरपालिका वडा नं. १० का दुई जना पुरुष र बोगटान पुड्सिल गाउँपालिका वडा नं. २ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यो संगै डोटीमा संक्रमितको संख्या पाँच सय १८ पुगेको छ । सबै भन्दा बढी पूर्वीचौकीमा एक सय ४६ जना, आदर्श गाउँपालिकामा एक सय ११५ जना, शिखर नगरपालिकामा ९४ जना, दिपायल सिलगढी नगरपालिकामा ७६ जना, बोगटान गाउँपालिकामा २५ जना, सायल गाउँपालिकामा २५ जना, जोरायल गाउँपालिकामा १७ जना, बडिकेदार गाउँपालिकाका १३ जना र केआईसिंह गाउँपालिकाका ७ जना गरी पाँच सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ असार २०

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP