२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, आज ४७६ थप

काठमाडौं- देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमित थपिएसँगै संक्रतिको कुल संख्या १३ हजार २४८ पुगेको हो।

त्यस्तै देशभरका आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

योसहित देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १३२ छ। जसमा २६६ जना महिला र २ हजार ८६६ जना पुरुष रहेका छन्।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। साेमबार ललितपुरकाे एक अस्पतालमा मृत्यु भएका व्यक्तिमा काेराेना पुष्टि भएपछि काेराेनाबाट मृत्यु हुनेकाे संख्या २९ पुगेकाे हाे।

हाल देशभरका विभिन्न क्वारेन्टिनमा ५७ हजार ३६८ जना रहेका छन्। त्यस्तै कोरोना संक्रमण पुष्टि भएर विभिन्न जिल्लाका आइसोलेसनमा रहेका व्यक्तिको संख्या १० हजार ८५ छ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ असार १५

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP