२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

कैलालीका कोरोना संक्रमितको मृत्यु : सुदूरपश्चिममा मृतकको संख्या ६ पुग्यो

धनगढी : कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे चितवनको भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपालले जनाएको छ।

उनि क्यान्सरका विरामी थिए। चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो। 

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

योसँगै सुदूरपश्चिममा मृतकको सङख्या ६ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ। 

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ असार १३

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP