२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सुदूरपश्चिममा भिटिएम अभाव : पाँच दिनदेखि स्वाब संकलन भएन

धनगढी- कोरोना परिक्षणका लागि स्वाव संकलन गर्दा आवश्यक पर्ने भिटिएम पाँच दिनसम्म पनि नभित्रिदा कोरोना परिक्षणमा समस्या भएको छ ।

कोरोनाको परिक्षण गर्न संकलन गरिने स्वाव व्यस्थापनका लागि आवश्यक पर्ने भिटिएम किट उपलब्ध नभएपछि पाँच दिनदेखि नयाँ स्वाव संकलन नगरिएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । ‘भिटिएम अभावकै कारण नयाँ स्वाव संकलन गरिएको छैन’ सूचना अधिकारी श्रेष्ठले भने– ‘पुरानो नमूना पनि सकिएको छ ।’ शनिबार सम्म भिटिएम उपलब्ध हुने बताइए पनि हालसम्म उपलब्ध नभएको उनले बताए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखा प्रमुख डाक्टर नरेन्द्र कार्कीले भिटिएम सहित अन्य स्वास्थ्य सामाग्री पुगेको गाडी धनगढी पुगे पनि के–कति सामाग्री छ भन्ने बारेमा जानकारी हुन बाँकी रहेको बताए । ‘भिटिएम सहित स्वास्थ्य सामाग्री बोकेको गाडी भरखरै धनगढी पुगेको छ’ महाशाखा प्रमुख कार्कीले भने– ‘सामाग्रीको रुजु भएपछि मात्रै विवरणको बारेमा जानकारी हुनेछ ।’ उनले अस्पताललाई भने आइतबार मात्रै भिटिएम उपलब्ध गराइने बताए ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ असार ६

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP