२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

बैतडीका थप ५ जनामा कोरोना पुष्टि

बैतडी : बैतडीमा आज थप पाँच जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले  मेलौली नगरपालिकाका एक महिला र ४ पुरुषमा कोरोना देखिएको पुष्टि गरे। उनीहरु पाँचैजना भारतबाट आएको बुझिएको छ।

क्वारेन्टिनमै बसेका बेला संक्रमण पुष्टि भएपछि उनीहरुलाई आईसोलेसनमा राख्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यसअघि शुक्रवार मात्र बैतडीमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यो सँगै बैतडीमा संक्रमितको संख्या एक सय २१ पुगेको छ। 

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७७ असार ६

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP