२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

धनगढी– बाजुरा जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको छ।

बुधवार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। बडिमालिका नगरपालिका २ माझिगाउँका ४५ बर्षिय पुरुषले जेठ ३० गते बेलुका क्वारेन्टिनमा आत्महत्या गरेका थिए।

उनी जेठ २८ गते मात्र भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए। उनले के कति कारणले आत्महत्या गरेको भन्ने कुनै जानकारी हुन सकेको छैन। डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीसंगै बसेका मान्छेले फेला पारेका थिए।

उनी विगत २४ वर्षदेखि भारत बस्दै आएका र उनीसँगै श्रीमतीसहित ४ छोराछोरी नेपाल आएका थिए। उनकी श्रीमतीसहित छोराछोरी अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन्।

Related News

RDSC डोटीको अध्यक्षमा सुमन बलायर 
RDSC डोटीको अध्यक्षमा सुमन बलायर 
  • २०७७ असार ५

  दिपायल – ग्रामीण विकास सेवा केन्द्र (RDSC) डोटीको अध्यक्षमा...

TOP