२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

आली गाउँका १५ जना संक्रमितका परिवारको स्वाब संकलन

गणेश कठायत

डोटी- शिखर नगरपालिका वडा नं. ३ का १५ जना कोरोना संक्रमितका परिवारको थ्रोट स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि पठाइएको छ ।

शिखर नगरपालिका ३ आली गाउँमा स्वाब संकलन गरिदै / तस्विर : नविन जोरा

क्वारेण्टाइनबाट घर गैसकेपछि पिसिआर रिपोर्ट पोजेटिभ आएका संक्रमितको पहिलो सम्पर्कमा आएका परिवारका सदस्यको स्वाब संकलन गरिएको शिखर नगरपालिकाका स्वास्थ्य इकाई प्रमुख हरिष शाहले बताए ।

डब्लुएचओका अनुसार कोरोना लक्षण नदेखिएका संक्रमितबाट अरुमा संक्रमण सर्ने सम्भावना कम भएकाले अहिलेलाई संक्रमितको पहिलो सम्पर्कमा आएका व्यक्तिको मात्रै स्वाब संकन गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । संक्रमितको पहिलो सम्पर्कमा आएकाहरुको पिसिआर रिपोर्ट नपोजेटिभ आएपछि संक्रमितका परिवार र समुदायका व्यक्तिको पनि परिक्षण गरिने छ ।

बिहिबार संक्रमितको सम्पर्कमा आएका १५ जना र शिखर नगरपालिका वडा नं. १ कपल्लेकी क्वारेण्टाइनमा रहेका ४ जा गरि १८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको छ ।

संक्रमितलाई उनिहरुकै चाहना बमोजिम होम क्वारेण्टाइनमा राखिएको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले बताए । गाउँमा भिडभाड नगर्ने, अरुको सम्पर्कमा संक्रमित र उनका परिवार नजाने गरेर सशस्त्र प्रहरी खटाइएको छ । संक्रमितको स्वास्थ्यमा कुनै लक्षण देखिए , स्वास्थ्य समस्या आए तुरुन्त रिस्पोन्स हुने गरेर तयारी भएको नगर प्रमुख जोशीले बताए । उनले संक्रमितको सम्पर्कमा आएका सबैको चेकजाँच गर्ने गरि स्वास्थ्य कार्यालाय र स्वास्थ्यकर्मी संग समन्वय भैरहेको बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ असार ५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP