२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५९३ पुग्यो : एकैदिन २१४ जनामा संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिममा आज दुई सय १४ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी थप दुई सय १४जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लामा थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि भएको उनले बताए।

यस्तै बाँकेकोको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको छ। उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच सय ९३ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४६ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६६, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन्।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ असार ४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP