२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७८४८ पुग्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार एकै दिन ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपालका ७४ वटा जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ।

हालसम्म रसुवा, ओखलढुंगा र मुस्ताङमा मात्रै कोरोना संक्रमित भेटिएका छैनन्।

नेपालमा साढे १ लाख भन्दा बढी मानिसमा पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ असार ४

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP