२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

सेती अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले ब्यबस्थापन गर्दै

धनगढी – सेती अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव बिहीबार नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।

बुधबार बेलुका कैलालीका ४६ वर्षे पुरुषको सेती अस्तालमा निधन भएको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार नेपाली सेनाको शव व्यवस्थापन टोलीले धनगढीको मोहना घाटमा मृतकको शव व्यवस्थापन गर्ने छ । उनका अनुसार मृतकका परिवारका सदस्यहरुले टाढैबाट सेनाले शव व्यवस्थापन गरिरहेको हेर्न मात्र पाउने छन् ।

शनिबार संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको हो ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ असार ४

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP