२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

सेती अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले ब्यबस्थापन गर्दै

धनगढी – सेती अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव बिहीबार नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।

बुधबार बेलुका कैलालीका ४६ वर्षे पुरुषको सेती अस्तालमा निधन भएको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार नेपाली सेनाको शव व्यवस्थापन टोलीले धनगढीको मोहना घाटमा मृतकको शव व्यवस्थापन गर्ने छ । उनका अनुसार मृतकका परिवारका सदस्यहरुले टाढैबाट सेनाले शव व्यवस्थापन गरिरहेको हेर्न मात्र पाउने छन् ।

शनिबार संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको हो ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ असार ४

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP