२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३७९ पुग्यो : बुधबार थपिए ३२ संक्रमित

धनगढी– सुदूरपश्चिम प्रदेशमा बुधबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा ३१ र काठमाडौँमा एक गरी थप ३२ जनामा कोरोना पुष्टि भएको हो।

बुधबार थप पुष्टि भएकामा कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका दुई/दुई जना रहेका छन्। कैलालीमा बुधबार थप भएका २१ जना मध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपती क्वारेन्टिनमा रहेका छन् भने दुई जना मोहन्या विश्व माविको क्वारेन्टिनमा रहेका छन्।

डोटीका ५ जना संक्रमित दिपायल सिलगढी नगरपालिका हुन्। यसैगरी अछाममा बुधबार कोरोना पुष्टि भएका मेल्लेख गाउँपालिका वडा नम्वर ४ र ७ का २२ र २४ बर्षीय युवक रहेका छन्।

यसैगरी बझाङको थलारा गाउँपालिका–३ की १० बर्षीया किशोरी र खप्तडछान्ना ३ का ७० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका १ र ९ का दुई जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ७९ पुगेको छ।

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०७७ असार ३

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP