२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्समा संक्रमण पुष्टि

धनगढी : सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो।

सोमवार ६८ जनाकोमा कोरोना पुष्टि भएकोमा २८ बर्षीय स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले दिनेश खवरलाई जानकारी दिएको छ।

‘संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिईन्,’ समाचार स्रोतले भन्यो, ‘अहिले उनको आइसोलसनमा राखेर उपचार भईरहेको छ।’ उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत परीक्षण गर्ने तयारी भईरहेको छ। 

यसअघि कञ्चनपुरका तीन र डडेल्धुराका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ। 

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ असार २

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP