२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्समा संक्रमण पुष्टि

धनगढी : सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो।

सोमवार ६८ जनाकोमा कोरोना पुष्टि भएकोमा २८ बर्षीय स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले दिनेश खवरलाई जानकारी दिएको छ।

‘संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिईन्,’ समाचार स्रोतले भन्यो, ‘अहिले उनको आइसोलसनमा राखेर उपचार भईरहेको छ।’ उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत परीक्षण गर्ने तयारी भईरहेको छ। 

यसअघि कञ्चनपुरका तीन र डडेल्धुराका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ। 

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ असार २

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP