२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुग्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय नाघेको छ ।

एकै दिन थप  ४५१ जनामा संक्रमण पुष्टि भएसँगै सोमबार नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षणका क्रममा ४५१ थपिएका हुन् ।

यस्तै सोमबारसम्म १ हजार ४१ डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप  ६७ जना जना उपचारपछि घर फर्किएका छन् । योसँगै विभिन्न अस्पतालको आइसोलेसनमा उपचारारत मानिसहरूको संख्या ५ हजार १५१ रहेको छ ।

सोमबारसम्म क्वारेन्टाइनमा बस्नेहरूको संख्या १ लाख ३३ हजार ८२९ जना रहेको दिइएको छ ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ असार १

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP