डोटी- कोराेना महामारीसंग जुझ्नका लागि सघाउ पुर्याउन नेपाली कांग्रेस डोटीको पूर्वीचौकी गाउँपालिका इकाई कमिटीले गाउँपालिकालाई ५१ हजार सहयोग गरेको छ ।
बिहिवार गाउँपालिकाको कोरोना कोषमा उक्त रकम जम्मा गरेर सो रकमबाफतको भौचर नेपाली काँग्रेस पूर्वीचौकीका संयोजक नवराज खड्काले गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीलाई हस्तान्तरण गरे ।
सो रकम हस्तान्तरणपछि नेपाली काँग्रेसका नेता रामप्रसाद उपाध्यायले कोरोनाको महामारीसंग जुध्न काँग्रेस गाउँसरकारसंगै रहेको प्रतिक्रिया दिए । ‘महामारीबाट जनता र मुलूक जोगाउन काँग्रेस सरकारको साथमा छ,’ उनले भने,’सरकारका सही कदममा हामी साथ दिन्छौ । गलत भएकोमा सच्याउन सुझाव र दवाव दिन्छौ ।’
अर्का नेता बमबहादुर कठायतले गाउँपालिका, तथा प्रदेश र संघ सरकारले विपतको सामना सुझबुझपूर्ण ढंगबाट गर्नुपर्ने बताए । उनले भने,’हामीलाई कहिँ न कहीँ सरकार चुकेको अनुभूति भएको छ । यसतर्फ सचेत भएर काम गर्न सुझाव छ ।’
काँग्रेस गाउँपालिका संयोजक खड्काले विपत्तिमा जनता जोगाउन आवश्यक सहयोग र सहकार्य गर्न काँग्रेस तयार रहेको सन्देश दिन यो रकम प्रदान गरेको बताए ।
गाउँपालिका अध्यक्ष बोगटीले उपलब्ध रकमले कोरोना महामारीसंग जुझ्न सहयोग पुग्ने भन्दै धन्यवाद दिए ।
हस्तान्तरणका क्रममा काँग्रेस नेताहरू बलबहादुर खड्का, कुबेर खड्का, नेविसंघका नेता रेशमबिक्रम खड्का लगायत पनि थिए ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...