शिस डेस्क । नेपालका ५१ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरु देखि हाल सम्म महामारी नियन्त्रणको अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा पनि संक्रमण भेटिएको हो ।
महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा सडक, सीमानाका, ‘क्वारेन्टिन’, शव व्यवस्थापनजस्ता कार्यमा खटिने सुरक्षाकर्मीका हालसम्म ५१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३ जना प्रहरी अधिकृत र जवान संक्रमित भएका छन् ।
प्रदेश नम्बर–२ मा मात्रै २२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रदेशमा प्रहरीका पाँचजना मर्यादापालकमा समेत संक्रमण देखिएको छ । संक्रमित प्रहरीमध्ये १४ जना निको भएका छन् ।
उता, नेपाली सेनाका १३ जनामा पनि संक्रमण पुष्टि भएको सैनिक मुख्यालयले जनाएको छ । चारजनाले भने कोरोना जितेका छन् ।
यस्तै, सशस्त्र प्रहरीका पाँचजनामा पनि कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुमा दुईजना, काठमाडौंमा एकजना, तेह्रथुममा एकजना, झापामा एकजना सशस्त्र प्रहरीमा संक्रमण देखिएको हो ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...