२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुग्यो

कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि आईतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

उनको मृत्यु संगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मृत्यु भएका १४ जना मध्य सुदूरपश्चिम प्रदेशका २ जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा बाजुराकी २ बर्षिय वालिका र धनगढी उपमहानगरपालिका ४ कि एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भैषकेको छ ।

नेपालमा अहिलेसम्म ३४ सय ४८ जनामा कोरोना पुष्टि भएकोमा ४ सय ६७ जना उपचारपछि निको भएका छन् । अहिले पनि १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टीनमा र २९ सय ६८ जना आइसोलेशनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २६

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP